Section 20
बीमा करार सम्बन्धी अन्य व्यवस्था
(१) ऐनको दफा ६२ बमोजिम बीमा करार गर्दा अवधि खोली करार गर्नु पर्नेछ।

(२) बीमकले बीमित वा बीमालेख धारकसँग बीमा करार गर्नु पर्नेछ।

(३) बीमित असक्षम भएको अवस्थामा निजको बीमायोग्य हित कायम भएको व्यक्तिले बीमितको तर्फबाट बीमा करार गर्न सक्नेछ।

(४) बीमाको मूल करारसँग पूरक करार (राइडर वा सम्पुष्टि) थप गर्न सकिनेछ।